जेठ ३०: महोत्तरी जलेश्वरकी निहारिका राजपुत चार दिनदेखि न्यायका लागि बसन्तपुरमा आमरण अनशनमा छिन्। ‘बलात्कृत आमा’ निहारिका २१ महिनाको दुधे बालक सहित अनशनमा छिन्।
निहारिकाको अनशनलाई धेरै अधिकारकर्मीहरुले साथ दिन थालेका छन् । सामाजीक संजालमा धेरै अधिकारकर्मीले उनको पक्षमा खुलेर आवाज उठाउन थालेका हुन ।
कांग्रेस नेतृ तथा सांसद डा. डिला स्रगौला आफ्नो सामाजीक संजालमा लेख्दै निहारिकालाई सही न्याय दिन र बालक तथा आमाको गाँस, बास, कपासको उचित प्रवन्ध मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेकी छिन् ।
‘भनिन्छ, न्याय ढिलो हुनु भनेको न्याय नपाउनु हो। म प्रहरी प्रशासनलाई यो प्रकरणबारे फेरी अनुसन्धान थाल्न, न्यायालयलाई छिटो र सही न्याय दिन र बालक तथा आमाको गाँस, वास, कपासको उचित प्रवन्ध मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्दछु। हाम्रो संविधानले सबै नागरिकलाई सम्मानित जीवन बाच्न पाउने हक दिएको छ। निहारिका र उनको बच्चाले पनि त्यो अधिकार पाउनु पर्छ’, संग्रौलाले लेखेकी छिन् ।
त्यस्तै, संचारकर्मी तथा राजनीतिक जागरणको क्षेत्रमा आवाज उठाउँदै आएकी प्रकृति भट्टराई भण्डारी निहारिकको कथा सबैले पढ्न जरुरी रहेको बताउँदै अनसन बस्दा आत्मबल बढाउन र न्यायको खोजीलाई गतिशील बनाउन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिन्छिन् ।
आफ्नो सामाजीक संजालमा लेख्छिन्, ‘प्रत्येक पटक कसैले यो देशमा न्याय खोज्न परेमा किन हरेक चोटी अनसन बस्नु पर्छ ? कानुन माथि को रैछन ? शासन व्यवस्था माथि को रैछन ? बलात्कारी पो रैछन। आज निहारिका राजपुत अनसन बसेको चौथो दिन हो। निहारिकको कथा सबैले पढ्न जरुरी छ। अनसन बस्दा आत्मबल बढाउन र न्यायको खोजीलाई गतिशील बनाउन हामी सबैजनाको सहयोग आवश्यक छ। राजनीतिक छिटाहरु परेको यो कथामा न्यायालय कति निस्पक्ष हुन्छ ? हामी हेरिरहेका छौँ। बसन्तपुर जानुस्। हौसला दिनुस। सक्नु हुन्छ भने आर्थिक सहयोग पनि गर्नुस् उनलाई त्येसको पनि खाँचो छ।’
त्यस्तै, आइतबार राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानवअधिकार आयोगले पनि निहारिकाको पक्षमा ऐक्यबद्धता जनाएको छ । महिला आयोगकी अध्यक्ष कमला पराजुली र राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले अनशन स्थलमा पुगेर निहारिकाको आन्दोलनमा ऐक्यबद्धता जनाएकी हुन् ।
यी हुन् निहारिकाको माग
नमस्कार, म कुमारी आमा निहारिका राजपुत । म १७ वर्षकी नाबालिग हुँदाखेरि मलाई जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरे । यसपछि मेरो कोखमा गर्भ पनि रह्यो । जुन बच्चा अहिले २१ महिनाको भइसकेको छ ।
म बलात्कृत भएपछि न्यायका लागि कहाँ कहाँसम्म पुगिनँ होला । जहाँ जहाँ पुगे पनि मलाई नै गलत देखाइयो । प्रहरी प्रशासनले अनुसन्धानको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाएर लगिदियो । जब म न्यायको लडाइँमा होमिएँ, मैले न्यायलय, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोगबाट मात्रै असहयोग पाइनँ । म मेरै घर परिवारबाट तिरस्कृत हुनुप¥यो । जसको परिणति आजका दिनमा साढे दुई वर्षदेखि काठमाडौंमा कोठा भाडा तिरेर बसिरहेकी छु ।
म न्यायको लडाइँमा हुँदा ज्यान मार्ने धम्कीदेखि आर्थिक प्रभलोपन पनि दिए । तर, म आफ्नो लडाइँमा अडिग थिएँ । जसका लागि राष्ट्रिय महिला आयोगको ढोका ढकढकाउन पनि पुगेँ । तर, कुनै सहयोग पाइनँ । उल्टै मलाई कमजोर बनाउने व्यवहार पाएँ ।
परिवार, समाजबाट तिरस्कृत हुँदाहुँदै पनि मैले हिम्मत हारेकी थिइनँ । मलाई विस्वास थियो, अन्तिममा न्यायलयबाट मैले न्याय पाउनेछु । तर, अन्त्यमा राजनीतिक शक्ति र आर्थिक चलखेलका कारण न्यायलय अपराधीको पक्षमा उभियो । धनुषा जिल्ला अदालतले २०७८ माघ २४ गते अपराधीको पक्षमा फैसला गरिदियो । अपराधीको पक्षमा आएको फैसला मेरो काखमा रहेको बच्चा र मैले रुँदै सुन्नुको बाहेक अर्को विकल्प थिएन ।
जिल्ला अदालतको फैसला उपर मैले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेँ । गत फागुन १२ गते दर्ता भएको मुद्दामा अहिलेसम्म पेशी तोकिएको छैन । मेरो मुद्दालाई अदालतले लिंगरिङ मात्रै गरिरहेको छ । मेरो कुनै जागिर छैन । आफू र बच्चा बाँच्नु छ । अनि मैले अदालतको फैसला कुरेर कतिन्जेल बस्ने ? मलाई न्यायलायको फैसलाप्रति फिटिक्क विस्वास छैन । न्यायलयले पीडितको पक्षमा फैसला गर्छ भन्ने विस्वास नै ममाथि उडेको छ । अहिले दिमागमा मर्ने सोच मात्रै आइरहन्छ । तर, यो लडाइँ म एक्ली निहारिका राजपूतको मात्रै होइन, हजारौं निहारिकाहरुको हो भन्ने भएपछि म आमरण अनसनमा बस्ने निर्णयमा पुगेकी छु । म मर्न तयार छु, तर मेरो मृत्युले हजारौं निहारिकाहरुको जीवन बचाउनेछ भन्ने विस्वास छ । मेरो आमरण अनसनको उद्देश्य मैले न्याय पाउनुप¥यो । मजस्ता हजारौं निहारिकाहरुले न्याय पाउनुप¥यो । मेरा मागहरु मैले बूँदागत रुपमा पेश गरेकी छु ।
१. मेरो बच्चाको डिएनए टेस्ट गरिनुप¥यो । काखमा बच्चाा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरुले मेरो काखको बच्चा किन देखेनन् रु कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो रु यसको निष्पक्ष छानबिन हुनुप¥यो ।
२. उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायलयले मेरो मृत्यु चाहेको हो रु उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुप¥यो ।
३. मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुप¥यो ।
४. घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ । यस मुद्दालाई पुनः सुरुवातदेखि नै अनुसन्धान गरिनुप¥यो । हिजो मेरो फितालो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरु, काखको बच्चालाई मतलवै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिनुप¥यो । उनीहरुमाथि पनि छानबिन हुनुप¥यो ।
५. मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरु राज्यले सुनिश्चित गरिदिनुप¥यो ।
जबसम्म मेरा यी मागहरु पूरा हुँदैनन्, जबसम्म मलाई न्यायको प्रत्याभूति हुँदैन । त्यतिन्जेलसम्म म मेरो अनसन तोड्ने छैन ।











