काठमाडौं, कार्तिक २२
संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६० मा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्केपछि पहिलोपटक आज साँझ ५ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न लागिएको हो।
प्रधानमन्त्री देउवा सहितको उपस्थिती रहने उक्त बैठकमा समसामयिक राजनीतिक मुद्दामा छलफल हुने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्रोतले जानकारि दिएको छ । बैठकमा राजदूत नियुक्ति सम्बन्धमा समेत छलफल हुने जानकारि छ ।
न्यायालयका सम्बन्धमा जारी विवादबारे सत्ता गठबन्धनको साझा धारणा आउने सम्भावना समेत रहेको उक्त स्रोतले अनुमान छ ।
न्यायालयको विवाद सम्बन्धमा दलहरुको स्पष्ट धारणा नआएको भन्दै अहिले सर्वत्र आलोचना भइरहेको छ। मुख्यतः सत्तापक्षीय दलहरुले यसमा आफ्नो स्पष्ट धारणा अघि नल्याएको भन्दै विरोध समेत भइरहेको छ।
‘त्यसैले गठबन्धनले न्यायालय विवाद सम्बन्धमा साझा धारणा बनाउने सम्भावना छ’, उनले भने, ‘समसामयिक राजनीतिक मुद्दामा त छलफल हुने नै भए।’
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा आवद्ध छन्।