र्‍यापर लाउरेसँगै प्रहरीले बरामद गरेको थियो खैरो हिरोइन

पौस १५: र्‍यापर लाउरेका रुपमा चिनिने आशिष राना पोखराबाट पक्राउ पर्दा प्रहरीले उनीसँग खैरो हिरोइन फेला परेको थियो ।

उनीसहित पोखराबाट बुधबार साँझ प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पोखराको न्युरोडबाट उनी बुधबार साँझ पक्राउ परेको कास्की प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् ।

उपरीक्षक थापाका अनुसार हाल अनुसन्धान भैरहेको हुदा बाकी जानकारि अनुसन्धान पछि मात्रै भन्न सकिने बताएका छन । अहिले युवा पुस्तामा चर्चित कार्यक्रम हिमालयन रोडिजका निर्णायकसमेत रहेका उनी पछिल्लो समय निकै चर्चामा रहेका र्यापर हुन् ।

र्यापर लाहुरेका युद्द, मेरो सोल्टा , हाउडे, पोखरा , नेफपको बाटो सबैहो लाहुरे जस्ता गीत प्रचलितमा छन । उनका गीतमा युवा पुस्ता र उनीहरु र समाज बिचको अन्तरसंघर्षका विषयबस्तु समेटिएका छन ।