पौस १५ : यतिबेला देशभर अत्यधिक चिसो बढेको छ , चिसो बढेसंगै बिशेष गरि बिद्यालयमा आउने स-साना बालबालिका लाई प्रत्यक्ष असर पुगेको हो, चिसोको मात्रा बढ्न थाले संगै देशका विभिन्न ठाँउमा रहेका बिद्यालय बन्द हुने क्रममा रहेका छन ।
त्यस अन्तर्गत बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ ।
नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो ।
जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो ।