पौस १५ : जिल्लाको पश्चिम तमानखोला र आपासका क्षेत्रमा गत मंगलवार राति बाट अविरल पानि झरि सहित हिमपात हुदा दैनिकी कष्टकर बनेको छ ।
तमानखोलाको २,४,५ र ६ वडामा पर्ने भयरबोङ्गा, बोङ्खानी, साडिवन , लाम्मेला, खुखांनी , थास्पुरी, नर्जा , भित्रिवन लगायतका ठाँउमा उच्च हिमपात हुदाँ दैनिकी कष्टकर बनेको स्थानीयको भनाई छ । गत मंगलवार देखि अविरल परेको हिउँको कारण सवारि साधन आवात जावतमा समेत ठप्प भएको छ ।
म्याग्दि जिल्ला र बाग्लुङ्गको सिमाना रहेको शोले डाँडामा बाक्लो हिमपात भएपछि सवारि आवत जावतमा समस्या परेको स्थानीय युवा हिमाल श्रीपालीको भनाई छ । श्रीपालीका अनुसार लाम्मेला गाँउमा गत साझँ देखि बिजुली बत्ति बिग्रीएको छ , हिमपात बाक्लो भएको र चिसो बढेको कारण विशेषत: जेष्ठ नागरिक र स-साना बालबालीकालाई प्रत्यक्ष असर पुगेको बताएका छन ।
गाँउमा काठको बिजुली खम्बा ढलेपछि बिजुली बन्द भएको स्थानीय शिक्षक माधव छन्त्याल ले बताएका छन, उनका अनुसार चिसो बढेसंगै बिद्यालयमा विधार्थीको संख्यामा कमि आउन थालेको छ, साना कक्षामा पढ्ने वालबालीका घण्टौको बाटो हिडेर आउनुपर्ने र हिमपात भए संगै अत्यधिक चिसो र बाटोमा हुन सक्ने दुर्घट्ना लाई मध्यनजर गर्दै अविभावकले नै विद्यालय पठाउन ईक्षुक नरहेको माधवको बुझाई छ ।
सामान्यतया हिउँ परेको दृश्य मनमोहक देखिए पनि गाँउघरमा गाई बस्तुलाई घाँसपात गर्नुपर्ने वाध्यता रहेकोले जनजीवमा प्रत्यक्ष असर पुगेको स्थानीयको दुखेसो छ । हिउँ पग्लन ३/४ दिन नै लाग्ने र घाँस पात गर्ने जंगमा ओसेप पर्ने भएको कारण महिनौसम्म हिउँ नपग्लीने भएपछि स्थानीलाई दैनिकी गुजारा गर्न निकै सकस पर्ने स्थानीय कुममाया श्रीपालीको भनाई छ ।
पानि झरि परे संगै आज बिहान लाम्मेला र आसपासको तापक्रम – ८ डिग्री पुगेको छ ।
जाडो बढे पनि तमानखोलाको बराहताल, नौ डल्ले पहाड, शोले डाडाँ, लगायतका ठाँउमा हिउ खेल्न भने टाढा टाढा गाँउबाट आउने गरेको हिमाल श्रीपालीले जानकारि दिए ।
फोटो फिचर सहित (तस्वीर :कमल रोका र हिमाल श्रीपाली बाग्लुङ्ग)