नेपाली कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्रीका रूपमा डिला संग्रौला निर्वाचित भएकी छन् ।

१५औं महाधिवेशनबाट उनी महिला क्लस्टरतर्फ महामन्त्रीमा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

कांग्रेसले यसपटक विधान संशोधन गरी महामन्त्री पदमा महिलाका लागि छुट्टै क्लस्टरको व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार भएको निर्वाचनबाट संग्रौला पार्टीको इतिहासमै पहिलो महिला महामन्त्री बन्न सफल भएकी हुन् ।