जलवायु परिवर्तनले हिउँचितुवाको आहारमा असर पार्ने चिन्ता

मुस्ताङ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँचितुवाको प्रमुख आहार नाउरको बासस्थान प्रभावित हुन सक्ने चिन्ता बढेको छ।

मुस्ताङका उच्च हिमाली चरन क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभाव अध्ययन गर्न संरक्षणकर्मीहरूले विस्तृत मूल्याङ्कन सुरु गरेका छन्।

हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिउँ पर्ने ढाँचामा परिवर्तन तथा चरन क्षेत्रको अवस्थाले वन्यजन्तुको बासस्थान र खाद्य शृङ्खलामा प्रभाव पार्न सक्ने भएकाले यसको अध्ययनलाई महत्त्वपूर्ण मानिएको छ।