दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीको पुरुष क्रिकेट टोलीको पहिलो जित

सुर्खेत। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा कर्णाली प्रदेशले पहिलो जित हासिल गरेको छ।

कर्णाली प्रदेशले प्रतियोगितामा जितको खाता खोलेसँगै खेलाडी तथा समर्थकमा उत्साह थपिएको छ।

कर्णालीमा आयोजना भइरहेको राष्ट्रिय खेलकुदले प्रदेशको खेलकुद विकास, खेलाडीको प्रतिभा पहिचान र राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।