४० लाख दर्शकको रोजाइमा ‘फूलै फूलमा भमरा नाचनी’, टिकटकमा ७० लाखभन्दा बढी भिडियो बने

केपि कुमार जलन

नेपाली लोकदोहोरी संगीतमा गायक गंगाराम परियार र शान्ति श्री परियारको स्वरमा रहेको चर्चित गीत ‘फूलै फूलमा भमरा नाचनी’ ले युट्युबमा ४० लाख (4 Million) भन्दा बढी भ्युज पार गर्दै नयाँ सफलता हासिल गरेको छ।

लोकदोहोरी प्रेमी दर्शक–श्रोतामाझ अत्यधिक रुचाइएको यस गीतले युट्युबमा मात्रै होइन, टिकटकमा पनि ७० लाखभन्दा बढी भिडियो (7M+) निर्माण भएर लोकप्रियताको नयाँ कीर्तिमान कायम गरेको छ। गीतको मौलिक लोकलय, आकर्षक प्रस्तुति र उत्कृष्ट अभिनयका कारण छोटो समयमै दर्शकको मन जित्न सफल भएको हो।

गीतमा गंगाराम परियार र शान्ति श्री परियारको सुमधुर स्वर रहेको छ भने लय गंगाराम परियार र शब्द जयराम परियारले सिर्जना गरेका हुन्। सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा सुनिल छेत्री र सुमित्रा तामाङको अभिनयले विशेष आकर्षण थपेको छ।

गीतको रेकर्डिङ लक्ष्मण सेन्चुरी, मिक्सिङ बिमल छिनाल तथा निर्माण पक्षको मेहनतले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।४० लाखभन्दा बढी दर्शकको मायासँगै टिकटकमा ७० लाखभन्दा बढी सिर्जना भएको यस गीतले नेपाली लोकदोहोरी संगीतको लोकप्रियता अझ उचाइमा पुगेको संकेत गरेको छ। निर्माण टिमले गीतलाई अपार माया, साथ र समर्थन गर्ने सम्पूर्ण दर्शक–श्रोताप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।