तीजको माहोल तताउँदै हरि गिरी विमर्शीको ‘लभ गरेर नजाऊ’ सार्वजनिक

केपि कुमार जलन

यस वर्षको तीजलाई लक्षित गर्दै गायक हरि गिरी विमर्शी र गायिका अञ्जिता विश्वकर्माको स्वरमा रहेको नयाँ तीज गीत ‘लभ गरेर नजाऊ’ सार्वजनिक भएको छ। गीतको भिडियो हालै सार्वजनिक गरिएको हो।

प्रेम र रोमान्सलाई केन्द्रमा राखिएको गीतको म्युजिक भिडियोमा रमेश विश्वकर्मा र अञ्जली अधिकारीले अभिनय गरेका छन्। गीतको शब्द तथा संगीत हरि गिरी विमर्शीको रहेको छ भने एरेन्ज/मिक्स/मास्टर एचबीएन किस्मतले गरेका छन्।

गीतको भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। भिडियोमा आकर्षक दृश्य, प्रेमभाव र मनोरञ्जनात्मक प्रस्तुतिलाई प्राथमिकता दिइएको छ।

तीज नजिकिँदै जाँदा नयाँ–नयाँ तीज गीत सार्वजनिक भइरहेका बेला ‘लभ गरेर नजाऊ’ पनि दर्शक–श्रोतामा चर्चाको विषय बनेको छ