माघ ४ : कोरोना संक्रमण दर ह्वाट्टै बढेको छ , पछिल्लो २४ घण्टामा मात्रै १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ ।
यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।
यही मात्रामा कोरोना बढे पूर्ण नेपालमा जटिल अवस्था आउन सक्ने बिज्ञहरुको भनाई छ ।
कोरोना महामारी बाट बच्नको निमिक्त सरकारले आदेश गरेको सम्पूर्ण मापदण्ड सबै पालना गर्न अनुरोध गरेको छ ।









