माघ ४ : कोभिड महामारी बढे संगै सरकारले सुरक्षा ब्यबस्था कडाई पारेको छ, नेपालमा बढ्दो कोरोना संक्रमणलाई लक्षित गर्दै सरकारले भिन्न भिन्न विषयमा कडाई गर्दै आएको हो ।
त्यसै अन्तर्गत सरकारले बिदेश बाट आउने नेपालीको हकमा समेत कडाई गरेको छ,यो भन्दा अगाडि बैदेशिक रोगजार बाट आएका नेपाली सिधै आफ्नो घर जान पाउने र कुनै मापदण्द पालना गर्नुपर्ने अवस्था नभएपनि अब भने ५ दिन अनिवार्य क्वारेन्टाईन बस्नु पर्ने भएको छ ।
विदेशबाट नेपाल आउनेले ५ दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने सरकारि निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको नयाँ आदेशमा यस्तो व्यवस्था गरिएको हो ।
‘विदेशबाट आउदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ आएपनि कम्तीमा ५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने’, आदेशमा भनिएको छ ।