केपि कुमार जलन

गोरखा जिल्लाको शहिद लखन गाउँपालिका–३, मनकामना निवासी गनबहादुर रानाका नाति तथा सुशिला थापाका ७ महिनाका छोरा सोरन थापा गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत छन्। चिकित्सकीय परीक्षणका क्रममा बालकको कलेजो र पित्तथैलीको बीचमा जटिल समस्या देखिएको छ।
हाल कान्ति बाल अस्पतालमा उपचाररत सोरनलाई चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि भारत लैजानुपर्ने अवस्था सिर्जना भएको छ। नेपालमै आवश्यक उपचार सम्भव नभएको र परिवारको आर्थिक अवस्था समेत कमजोर रहेकाले उपचार खर्च जुटाउन कठिनाइ भएको छ।
यस विषम परिस्थितिमा बालकको जीवन रक्षाका लागि देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सक्दो आर्थिक सहयोग गरिदिन हार्दिक अनुरोध गरिएको छ।
सानो सहयोगले पनि एक निर्दोष बालकको जीवन बचाउन ठूलो योगदान पुग्न सक्छ। मानवताको नाताले सहयोग गरिदिनुहुन सम्पूर्णमा हार्दिक अपिल गर्दछौं।


















