माघ ४ : मान्छे जत्तिसुकै सुविधाभोगी भएतापनी दुखपर्दा दुख बिसाउने ठाँउ भनेको गाँउ नै रहेछ भन्ने कुरा गत वर्षको लामो समयको लकडाउनले प्रस्ट बनाई दियो ।
मान्छे स्वभाविक रुपमा सुविधाभोगी प्राणी हो उसले कम दुख गरेर धेरै सुविधा उपभोग गर्न चाहान्छ , देशको विभिन्न दूरदरासबाट काठमाडौं आएका मान्छेको संख्या भन्दा झण्डै दोब्बर कम काठमाडौंका स्थानीय बासिन्दा छन, यी सबै मान्छे केहि केहि सुविधा र बाध्यता सहित अवसरको निमिक्त शहर खोजेको हुन् तर जब शहरमा दुख पर्छ तब फेरि दुखको भारी बिसाउने चौपारी बनिदिन्छ उहीँ गाउँ उही जन्मथलो ।
उपत्यका र आसपासका केहि सहरमा यतिबेला कोरोना संक्रमण ह्वाट्टै बढेको छ , कोरोना संक्रमण बढेसंगै पेशा ब्यबसाय वा साना तिना आयआर्जनका बाटो खोजेर बसेका श्रमिक मञ्दुरलाई यतिबेला चिन्ता थपिदै गएको छ । कोरोना महामारी बढेसंगै फेरि बन्दाबन्दीको अबस्था आउने त्रासले मान्छेहरु फेरि गाँउ फर्किन थालेका छन ।
काठमाडौंको नयाँ वर्षपार्क बाट प्रत्येक दिन कोरोना महामारीका कारण बन्दाबन्दिमा परिन्छ भन्ने त्रासमा दिनहु दर्जनौको संख्यामा मान्छे बाहिरिन थालेको त्यहाँका कर्मचारी गणेश थापाले जानकारि दिए।
थापा भन्छन् टिकट काट्न आउने प्रत्येक मान्छेलाई हामी किन जान लाग्नुभयो भनेर प्रश्न गर्दैनौ र गर्ने कुरा पनि भएन तर स्वयं महामारी बढ्न थाल्यो र पछि टिकट नपाईएला भनेर झन चिन्ता थपियो भन्दै आउनेको संख्या दिनमा २ दर्जन बराबर छन , हामीलाई नसुनाएरै देशका विभिन्न ठाँउमा जानेको संख्या त झनै बढि होला ।
बिद्यालय, क्लब, डान्सबार, दोहोरी साझ लगायत मान्छेको भिड हुने ठाँउ पूर्ण रुपमा बन्देज गरे संगै गाँउ फर्किनेको संख्या ह्वाट्टै बढेको छ । विगतको महामारीमा हप्तौ हिडेर घर पुगेको सिमानामा प्रवेश गर्न नपाएका लगायतका तितोसत्य घटनाहरु सम्झनामा अझै ताजा रहेको सम्झदै मान्छेहरु गाँउ फर्कन सल्बलाएका छन ।
आफ्नो नाम दिप नारायण पासवान बताउने करिव ५०/५१ वर्षको बुवा एकाबिहानै दुबै काधँमा केहि पोका पोकी र हातमा आफ्ना २ सन्तान दोहोर्याउदै वर्षपार्कको टिकट काट्ने लाईनमा बसेका छन, उनी काठमाडौं स्थित धनेश्वरमा डेरा गरि बसेका छन , खोलाबाट बालुवा निकाल्ने काम गर्दै आएको दिप नारायण पासवानको दम्पितले कोरोना महामारी बढेसंगै लकडाउनको डरले गाँउ फर्कन लागेका हुन ।
उनी सुनाउछन् गत वर्ष दुई महिना सम्म एक छाक मात्रै खाएर बसेको सम्झना अझै ताजा छ, यदि समयमै गाँउ हिडिएन भने गत वर्ष जस्तै न गाडी पाईन्छ नत्र छाक तार्ने बाटो केहि हुन्छ यो पटक म काठमाडौं कहिल्यै नर्फकिने गरि जान लागेको हु बरु आफ्नै गाँउमा जिन्दगीभर ईटा भत्तामा गुजारा चलाएर परिवारको जोहो गर्छु तर अब म शहर फर्कदैन । यो भोगाई दिप नारायणको मात्रै हैनन् उनी त केबल प्रतिनिधि पात्र हुन कोरोनाले आज धेरै मान्छेलाई फेरि शहर बाट बिस्तापित गरेको छ ।