केपि कुमार जलन
बेलायतमा सक्रिय पर्वत समाज यूकेले नेपाली नयाँ वर्षको अवसर पारेर पर्वतेली गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले सांगितीक साझ तथा च्यारिटी कार्यक्रमकाे आयोजना गरेकाे छ।
सन २००२ मा स्थापना भएकाे समाजले आगामी अप्रिल ४ तारिख शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा आयाेजना हुन लागेकाे कार्यक्रममा गायक कृष्ण तथा संचारकर्मि कृष्ण सुवेदी पहिलाे पटक युके प्रस्थान गरेका छन ।
पहिलाे पटक सांगितिक कार्यक्रमका लागि युके प्रस्थान गरेका गायक सुवेदी संगै लाेकदाेहाेरी गायिका साेनि कुवँर र गायिका निरा थापा मगर पनि बेलायतका विभिन्न शहरहरूमा हुने विभिन्न कार्यक्रममा सांगितिक प्रस्तुती दिने छन ।
बेलायत तथा नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यसअघि पनि च्यारिटी डिनर गरि पर्वतका विभिन्न गाउंपालिकास्थित करिब एकहजार गरिव तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियाे भने
कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा भयकाे पर्वत समाज युकेका अध्यक्ष सुरज पाैडेलले जानकारी दिनुभयाे।


















