कोरोना अपडेट: ३८८ जनामा संक्रमण पुष्टि हुँदा ४ जनाको मृत्यु

फागुन ९ः पछिल्लो २४ घण्टामा देशभर थप ३८८ जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ ।

५ हजार २२५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४७ तथा एन्टिजेन विधिबाट १४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यही अवधिमा थप १ हजार २०५ जना निको पनि भएका छन् ।

नेपालमा निको हुने दर ९७।६ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार २८२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान पनि गुमाएका छन् ।

नेपालमा हालसम्म ११ हजार ९२५ जनाले ज्यान गुमाइसकेका छन् ।