अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्ने तयारिमा

फागुन २६ः नेपाली चलचित्र जंगतमा राम्रो परिचय निर्माण गरेकि अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् ।

उनले पार्टी प्रवेश गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल समेत गरेकी छन् ।

बेलाबेला चर्चामा आईरहने अभिनेत्री करिश्मा राजनितिमा आउने कुरा बाहिरीए संगै उनीफेरि चर्चामा तानिएका छन, बिहीबार एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसहित उनले अध्यक्ष ओलीलाई भेटेकी हुन् ।

यस अगाडि पनि आफुले कक्षा १२ उर्तिण गर्दा आफुलाई के.पी वली ले फोन गरेर बधाई शुभकामना दिएको भन्दै खुशी ब्यक्त गरेर सामाजिक संजालमा लेखेका थिए ,करिश्मा यस अघि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध थिइन् । के.पी वली संग छलफलपछि आफू छिट्टै एमालेमा प्रवेश गर्ने मानन्धरले बताइन् ।