काठमाडौ -वालेन शाहले प्रधानमन्त्री को राजिनामा पछि आफ्नो फेसबुक वालमा येस्तो लेखेका छन।युवा हरु भाबी प्रधानमन्त्री को रुपमा वालेन को नाम लिदै आएका छन।
उनले युवा हरु लाई लक्षित गर्दै येसो भनेका हुन।
हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।
प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।


















