स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी, १३ हजार ५८२ जनप्रतिनिधि निर्वाचित

जेठ २ : स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नगर प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाअध्यक्ष २ हजार ६७९ जना निर्वाचित भैसकेका छन् ।

त्यस्तै वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८, दलित महिला सदस्य २ हजार ६४७ गरी कुल १३ हजार ५८२ जना उम्मेदवार  निर्वाचित भएका छन् ।