जेठ २ : लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि आध्यात्मिक अनुभूति हुने गरेको बताएका छन् । उनले नेपालबाट आफूले अध्यात्मिक आशिर्वाद पाउने गरेको बताए ।
सोमबार लुम्बिनीमा आयोजित २५६६औं बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल–भारत बीचको सम्बन्ध हिमालजस्तै अटल रहेको बताए । उनले भौगोलिक सीमाभन्दा माथि उठेर गौतम बुद्ध सबैका भएको बताए ।
















