प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार मध्याह्न १२ः३० बजे बैठक बस्न लागेको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्नेछ ।

मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।