अपहरण गरी बालिका बलात्कार गर्ने ६ जना पक्राउ

जेठ १९ : कपिलवस्तुकी १७ वर्षीया बालिकाको अपहरण पछि बलात्कार गरेको आरोपमा ६ जना युवालाई पक्राउ गरिएको छ । मङ्गलवार राती ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अपहरण गरि जर्वजस्ती करणी गरेको आरोपमा ६ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

रुपन्देही कन्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अपहरण गरेको सूचना पाए पछि राती देखी प्रहरीले खोजतलास जारी गरेको थियो । अपहरण पछि कञ्चन गाउँपालिका-३ मा बालिकाको बलात्कार भएको थियो ।

प्रहरीका अनुसार घटनामा संलग्न कञ्चन गाउँपालिका-५ का नीरज कार्की, वडा नम्बर ४ का राहुल सिंजाली, सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापालाई पक्राउ गरी थप कारवाही अघि बढाइएको छ ।