नेपालगन्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न आएका र प्रहरीविच ढुंगामुढा, स्थिति तनावपूर्ण

जेष्ठ १९ः नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजाको सालिक राख्न आएकाले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण भएको छ ।

पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न प्रहरीले रोकिरहँदा उनीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले करिब ४ राउन्ड हवाइ फायर चलाएको छ ।

झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन् । अहिले थप सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालित भएको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले बताए।

धम्बोजी चोकमा वीरेन्द्रको सालिक राख्न पाउनुपर्ने माग गर्दै सडकमा आएका उनीहरु माथी सामान्य भनाभन हुदाहुदै बिवाद चुलिएर हात हालाहालको स्थितीमा पुगेको र घटना प्रहरीको नियन्त्रण भन्दा बाहिर रहेको कारण हवाइ फायरसम्म पुगेको स्थानीयको भनाई छ । हाल उक्त क्षेत्रमा मान्छे आगममा समेत रोक लगाइएको छ ।