आगामी वर्षदेखि लागुहुने गरि इन्टरनेटको मूल्य १७ रुपैयाँ घट्ने

जेष्ठ १८ः आगामी आर्थिक वर्ष २०७९ र ८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ ।

सरकारले

आगामी वर्षदेखि लागू हुने गरेर बजेट मार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो ।
इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल (आइस्पान) का अनुसार इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ ।

यससँगै, हाल १२ सय ३ रुपैयाँ पर्ने इन्टरनेटको मासिक प्याकेज अब ११ सय ८६ रुपैयाँमै पाइने आइस्पानले जनाएको छ । यस्तै, आइस्पानले दूरसञ्चार सेवाशूल्क घटाएकोमा सरकारलाई धन्यवाद समेत दिएको छ ।