२४ घण्टाभित्रै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय

जेष्ठ २२ः नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो।

समाजवादीबाट हाल ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । राज्यमन्त्री भूमिकामा रहेकी भवानी खापुङ बाहेक सबैलाई फिर्ता बोलाउने निर्णय भएको सो पार्टीका एक नेताले जानकारि दिएका छन ।

पार्टीका तर्फबाट ६ महिनाका लागि मन्त्री बनाइएका हरुको समयावधि नाघेको भन्दै बैठकमा समीक्षा भएको छ।

सचिवालय बैठकपछि एकीकृत समाजवादीका पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले मन्त्रीहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल भएको बताउँदै निर्णय अधिकार अध्यक्ष नेपालसँग रहेको बताए।