भारतमा कोरोना संक्रमण दैनिक ४ हजारले बढ्यो,नेपालमा प्रभावपर्ने सम्भावना उच्च

जेठ २२ः भारतमा शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २७० जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ।

करिब तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण ४ हजार नाघेको देखिन्छ। गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । गत शुक्रबार चार हजार ४१ जनामा कोरोना सङ्क्रमण भएको थियो।

शनिबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ६१९ जनालाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख २८ हजार ९३ पुगेको छ। अहिले कोरोना भाइरस मुक्ति दर ९८.७३ प्रतिशत रहेको छ ।

भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५३ लाख ५८ हजार ८६५ हजार खोप लगाइएको छ।

यो संगै भारत र नेपाल विच खुला सिमाना भएको कारण यो जोखिम नेपालमा पनी पर्न जाने विज्ञहरुको आकलन छ, सिमासुरक्षामा आवश्यक किसिमको निगरानी नभएको कारण भारतमा संख्या बढ्ने बित्तिकै नेपालमा पर्न जाने विगतका घटनाहरुले प्रस्ट पारेको देखिन्छ ।