प्रतिनिधि सभाको बैठक भोली पनि बस्ने, मन्त्रालयगत बजेटमाथि छलफल हुने

जेठ २५  : प्रतिनिधि सभाको बैठक भोली बिहीबार पनि बस्ने भएको छ । भोली ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल हुने जनाइएको छ ।  प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०७९ माथि मन्त्रालयगत विभिन्न शीर्षकहरूमा छलफल जारी छ ।

बिहीबारको कार्यसूचिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका लागि छुट्टाइएको बजेटमथि छलफल हुने जनाइएको छ ।