स्थानीय तह निर्वाचनको परिणामलाई हार–जीतको रूपमा लिनु नहुने प्रचण्डको भनाई

जेठ २८ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको परिणामलाई हार–जीतको रूपमा लिनु नहुने बताएका छन् ।

माओवादी केन्द्रबाट नवनिर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिहरूको प्रशिक्षणलाई शनिबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले अघिल्लो स्थानीय तहका निर्वाचितलाई आफ्नो तरिकाले चल्न दिइए पनि अब भने पार्टीको नीति, सिद्धान्त र जनअपेक्षाअनुरुप चल्नुपर्ने उल्लेख गरे ।

विगतमा केपी ओलीले संसद नै विघटन गरेर उपलब्धि समाप्त पार्न खोेजेको आरोप लगाउँदै उनले अहिलेको चुनावसहित आगामी चुनावमा समेत गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको स्पष्ट पारे ।