आइतबार नै सकियो तिहार, तर आज पनि बिदा !

काठमाडौँ, कात्तिक १९ । सरकारले आज पनि तिहारको बिदा दिएको छ । तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको थियो ।

तर आइतबार नै तिहार समापन भए पनि आज सरकारी कार्यालय भने खुल्ने छैनन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ ।

अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ। अब देशभरका कार्यालय भने मंगलबार मात्रै खुल्नेछन् ।

२०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटीका कहिले लगाउने भन्ने विवाद भएको थियो ।