के आयो प्रधानमन्त्री ओलीको रगत जाँचको रिपोर्ट ?

काठमाडौं, कार्तिक २१ गते । स्वास्थ्यमा समस्या देखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको रगत जाँचको रिपोर्ट आएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार डेंगु संक्रमणको आशंकामा रगत जाँच गर्दा रिपोर्टमा संक्रमण नदेखिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि हाल बालुवाटारस्थित सरकारी निवासमै आरामरत रहेका छन् ।

सोमबार बेलुकीदेखि ज्वरो आएपछि ओली चिकित्सकको निगरानीमा छन् । ज्वरोका कारण हाल प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेक अरू भेटघाट रोकेका छन् ।