इमरान खानविरुद्ध १४ नयाँ मुद्दा दर्ता

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध थप १४ नयाँ मुद्दा दर्ता भएका छन् । योसँगै इस्लामाबादमा इमरानविरुद्ध दर्ता भएका मुद्दाको संख्या ७६ पुगेको छ ।

इस्लामावाद क्यापिटल टेरिटरी पुलिस (आईसीटीपी) ले आज उच्च अदालतमा प्रतिवेदन बुझाएर यसबारे जानकारी दिएको हो ।

रिपोर्टका अनुसार, गत महिना नोभेम्बर २४ मा इस्लामाबादको डी–चोकमा भएको प्रदर्शनपछि इमरानविरुद्ध १४ नयाँ मुद्दा दर्ता गरिएको हो ।

यसअघि उनीविरुद्ध ६२ मुद्दा दर्ता भएका थिए, जुन अहिले बढेर ७६ पुगेको छ । उनी हाल जेलमा रहेका छन् ।