प्रधानमन्त्री ओली १८ तले भवन उद्घाटन गर्न आज झापा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) गृहजिल्ला झापा जाँदैछन् ।

दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोड रूपैयाँको लागतमा निर्माण गरिएको १८ तले भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली झापा जाने भएका हुन् ।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए।

यसैबीच, प्रधानमन्त्री ओलीले आजै मेचीनगर–४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।