काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ । आफ्नो चौथो खेलमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा १३१ रनमा समेटिएको हो । चार खेलमा सुदूरपश्चिमको यो पहिलो हार हो ।
सुदूरपश्चिमका इशान पाण्डेले ३५ रन बनाए । सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्याले १२, आरिफ शेखले ४, कप्तान दीपेन्द्रसिंह ऐरीले १, नरेश बुढाएरले ५ रन बनाए ।
चितवनका लागि रिजन ढकाल, निकोल लोफ्टी–इटन, कप्तान कुशल मल्ल र अमरसिंह रौटेलाले २–२ विकेट लिए । त्यस्तै, शोहिल तनविर र रञ्जित कुमारले एक–एक विकेट लिए ।









