काठमाडौं । दलितहरुका अभियान्ता खगेन्द्र सुनारले गृहमन्त्रीविरुद् जाहेरी दिएका छन् । आइतबार सरकारी वकिलमार्फत सुनारले मानव अधिकार आयोग र दलित आयोगमा पत्र बुझाएका हुन् ।
उनले गृहमन्त्री रमेश लेखकले नै समाजमा विभेदलाई प्रसय दिँदै आएको दाबी गरेका छन् । दलितमाथि हिंसा गर्ने गृहमन्त्री लेखकलाई कारबाहीको माग गर्दै उनले आयोग समक्ष पत्र पेश गरेका छन् ।
गृहमन्त्रीले राजीनामा दिएपछि मात्रै आन्दोलन रोकिने उनले बताए । सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारको प्रेम विवाहलाई लिएर विवादमा आएका गृहमन्त्रीको राजीनामा माग गर्दै अहिले सिंगो दलित समुदाय आतंकित बनेको छ ।
सोही विषयलाई लिएर केही दिनदेखि देशभरका दलित समुदाय आन्दोलित बनेका छन् ।











