सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ ।

१४ वैशाख, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ ।