भ्वाइस अफ नेपाल ६: प्रोसेस पाण्डे विजेता

प्रोसेस पाण्डेले “द भ्वाइस अफ नेपाल” सिजन ६ (२०२५) को उपाधि जितेका छन्। उनी कोच खेम सेन्चुरी बाट प्रतिस्पर्धा गर्दै विजेता बनेका हुन्। सिजन ६ को ग्रान्ड फिनाले २०२५ मे २ मा सम्पन्न भएको थियो। फिनालेमा रोशन राई दोस्रो स्थानमा, प्रमेश राई तेस्रो स्थानमा, र अर्पणा आचार्य चौथो स्थानमा रहे।

प्रोसेस पाण्डेले आफ्नो गायन यात्रा “द भ्वाइस अफ नेपाल” मा सुरु गर्दै दर्शकहरूको मन जित्न सफल भएका छन्। उनको उत्कृष्ट प्रदर्शन र समर्पणले उनलाई विजेता बनाएको हो। कोच खेम सेन्चुरी पनि पहिलो पटक सहभागी भएर आफ्नो टिमका प्रतिस्पर्धीलाई जिताउन सफल भएका छन्