काठमाण्डाै, १५ जेठ
संयुक्त नागरिक पार्टीको प्रवक्तामा विदुर अधिकारी चयन भएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा बसेकाे सचिवालय समितिकाे बैठककाे निर्णयबाट उनी साे पदमा चयन भएका हुन् । अधिकारी साे पार्टीका उपमहासचिव समेत रहेका छन् ।
माेरङ्ग स्थाई घर भएका अधिकारी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । २०५० सालमा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकाे कसेनी मावि,बेलबारी ईकाई कमिटीका सँस्थापक सचिव भएका थिए । राजनीतिसंगै आफ्नो अध्ययनलाई पनि अगाडि बढाएका उनी अँग्रेजी भाषाका ज्ञाता एवम् अनुवादक पनि हुन् । यतिमात्र नभएर उनी Civic concern forum का सचिवकाे रुपमा जिम्मेवारी सम्हालीरहेका छन् । त्यस्तै Media Advocacy forum का अध्यक्ष,अधिक पाेष्ट डटकमका प्रबन्ध निर्देशक समेत रहेकाले उनी सामाजिक अभियन्ता तथा मिडिया संचालक तथा संचारकर्मी समेत हुन् । उत्पीडित समूदाय,धार्मिक तथा अल्पसंख्यक,सीमान्तकृत हरुकाे अधिकारका निम्ति लामाे समयदेखि संघर्षरत उनी बाैद्धिक एवम् प्रखर वक्ता पनि हुन् ।
विशेष गरि समलिङ्गी विवाह, लिङ्ग परिवर्तन,गर्भपतन जस्ता विकृती र विसङ्गतिका विरुद्ध सशक्त रुपमा संघर्ष गर्दै आएका उनी २०७०/७१ साल आसपासबाट जनजागरण पार्टीमा आवद्ध भएर उपमहासचिव एवम् प्रवक्ताकाे जिम्मेवारी सम्हाली सकेका छन् । त्यसैगरि सामाजिक एकता पार्टीका महासचिव हुँदै रिपब्लिकन पार्टीका महासचिव बनेका थिए । रिपब्लिकन पार्टी, नागरिक अधिकार पार्टी,जनमुखि पार्टी र संयुक्त जनता पार्टीबीच एकता भई बनेकाे संयुक्त नागरिक पार्टीकाे समेत सँस्थापक महासचिव थिए । संयुक्त नागरिक पार्टी र अन्य विभिन्न दलहरुसंगकाे एकता प्रकृयामा पदाधिकारीहरुकाे ब्यवस्थापन गर्ने क्रममा उनी उपमहासचिवमा रहेका थिए ।


















