काँग्रेसका केन्द्रीय नेता सहित अढाई दर्जन नेता तथा कार्यकर्ता संयुक्त नागरिक पार्टीमा प्रवेश

काँग्रेसका केन्द्रीय नेता सहित अढाई दर्जन नेता तथा कार्यकर्ता संयुक्त नागरिक पार्टीमा प्रवेश

काठमाडौं , १४ जेठ

नेपाली काँग्रेसका महासमिति सदस्य उपेश नाैवाग सहित विभिन्न दल परित्याग गरि अढाई दर्जन नेता तथा कार्यकर्ताहरु संयुक्त नागरिक पार्टीमा प्रवेश गरेका छन् ।

बुधबार संयुक्त नागरिक पार्टीले केन्द्रीय कार्यालय विजुलीबजारमा आयोजना गरेकाे पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा नाैवाग सहित काँग्रेस ललितपुरका युवा नेता अशाेक लामा,देशभक्त समाज पार्टीका केन्द्रीय सदस्य लिलराज गुरुङ्ग( राजु) एपी रिपब्लिकन पार्टीका युवा विभाग प्रमुख श्यामबहादुर राई, सचिवालय सदस्य सपना महर्जन, केन्द्रीय सदस्यहरु हरिकुमार घले,जीत बहादुर विक,ज्याेती अधिकारी,सन्त बहादुर भण्डारी,आइतरानी लिम्बू,विनिता अधिकारी,सन्त लकाजु तयसैगरि अन्य विभिन्न दल परित्याग गरि पार्टी प्रवेश गर्नेहरुमा चित्रलाल विक,चेरुङ्ग तामाङ्ग,
मिना राउत, रेबिका लकान्द्री,बिनिता दराई, स्वस्तिका थापा,परिस्ता मगर,साजन राई,ए.एच. के.राई,निरान राई,निरज राई, दिपेस राई,खिलराज राई,आमोस आग्री,जीवन लामा लगायत रहेका छन् ।

नव प्रवेशीहरुलाई पार्टीका अध्यक्ष दलमर्दन कामीले खादा लगाएर स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए । साे कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेमचुरी,उपाध्यक्षहरु डा.जीत बहादुर घले,डिल्लीबहादुर तामाङ्ग,महासचिव प्रेम बहादुर कार्की लगायत पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम संचालन पार्टीका उपमहासचिव नरेश क्षितिजले गरेका थिए ।