बहुविवाहको कानून आउँदैन बिवाहित परुषसँग जाने महिला लाई पनि कारबाही गर्ने नियम ल्याउँछौँ’-कानुनमन्त्री

काठमाडौ -६ दिनदेखि अनशनरत बिनु यादवले अनशन तोडेकी छन् । बहुविवाह गर्न पाउने कानुन ल्याउन लागिएको भन्दै अनशन बसेकी यादवले बुधबार कानुनमन्त्री अजय कुमार चौरसियाले उक्त कानुन नआउने प्रतिबद्धता जनाएपछि अनसन तोडेकी हुन् ।

-कानुन मन्त्री अजय चौरसिया आफैले यादवलाई जुस खुवाएका थिए ।

कानूनमन्त्री अजय चौरसियाले बहुविवाहको कानून नआउने तर विवाहित पुरुषसँग सम्बन्ध राख्ने युवतीलाई पनि कारबाहीको दायरामा ल्याउने किसिमको कानून बनाइने बताएका छन् ।

उनले माइतीघरमा अनसनरत बिनु यादवलाई भेट्ने क्रममा यस्तो बताएका हुन् ।

‘बहुविवाहको कानून आउँदैन १ वटा विवाह भएको परुषसँग जाने महिला लाई पनि कारबाही गर्ने नियम ल्याउँछौँ’, उनले भने ।