जय नेपाल ट्रेनिङ सेन्टरको भब्य उद्घाटन

राैतहट-रौतहट जिल्लाको चन्द्रपुर–४ पुरानो नागरिकता फाँट नजिक स्थापित जय नेपाल ट्रेनिङ सेन्टर प्रा.लि. को भव्य उद्घाटन सम्पन्न भएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथि प्रहरी निरीक्षक सोनु कुमार रामको विशेष उपस्थिति उल्लेखनीय रह्यो।

समारोहलाई सम्बोधन गर्दै निरीक्षक रामले वर्तमान पुस्ताका युवालाई सीपमूलक तालिम अनिवार्य आवश्यकता भएको प्रष्ट पार्नुभयो। उहाँका शब्दमा, “राष्ट्रको समृद्धि र आत्मनिर्भरता युवाको सीप र श्रमसँग गाँसिएको छ। सीपयुक्त युवाशक्ति उत्पादन नै रोजगारी सिर्जना र आत्मनिर्भरताको आधार हो।”

यस सेन्टरमार्फत इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, पेन्टर, कारपेन्ट्री, स्कफोल्डर, ट्रेड सम्बन्धी जस्ता आदि व्यावसायिक तालिम उपलब्ध हुने जनाइएको छ, जसले युवालाई रोजगारीमुखी बनाउने मात्र होइन, उत्पादकशीलतामा जोड दिन सक्षम हुनेछ।

सञ्चालक मनोज रामले पनि आफ्नो मन्तव्यमा सीपलाई दिगो विकासको मेरुदण्डका रूपमा प्रस्तुत गर्दै भन्नुभयो, “दक्ष जनशक्ति उत्पादनमार्फत विदेश पलायनलाई कम गर्ने र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु नै हाम्रो मूल उद्देश्य हो।”

उद्घाटन समारोहमा स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको, पत्रकार, सुरक्षाकर्मीको उपस्थिति रह्यो । यस संस्थाको सामाजिक स्वीकार्यता र सामूहिक आवश्यकता दुवैको सूचक बनेको देखिन्छ।