केपि कुमार जलन
नायक पल शाह र गायिका सुनितामी परियारको नयाँ लोक दोहोरी गीत ‘माया हिरिक्कै’ सार्वजनिक भएको छ।
गायक वसन्त थापाकाे संगित सर्जक नवराज पन्तकाे शब्दमा रहेकाे गितमा गायिका सुनितामी परियार र गायक थापाकाे स्वर रहेकाेे छ।
गीतमा माया–प्रेमको भावनात्मक कथा प्रस्तुत गरिएको छ।
भिडियोमा दुबै कलाकारको आकर्षक अभिनय देख्न सकिन्छ।
गम्विर बिष्टकाे निर्देशन, पवन सु्स्लिङकाे छाँयाङकन प्रविन भट्टकाे सम्पादनमा रहेकाे म्युुजिक भिडियाे सुनितामी परियार अफिसियल युटुब च्यानलमा सार्वजनिक भएसँगै गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ र नेपाली संगीतप्रेमीबीच लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।


















