जेष्ठ १८ः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको दाबी गरेका छन् । सुर्खेतमा बिहीबार आयोजित कार्यकर्ता प्रशिक्षणमा नेपालले प्रधानमन्त्री बन्ने अफर आएपनि षडयन्त्रकारीको त्यस्तो लोभमा आफू नफस्ने स्पष्ट पारेका हुन्।
उनले प्रधानमन्त्री बन्ने अफर कसले गर्यो भन्ने बारे चाँहि खुलाएका छैनन्। वर्तमान सत्ता गठबन्धन टुटाउने उद्देश्यले षडयन्त्रकारीहरुले प्रधानमन्त्रीको कार्ड फाल्न थालेको अध्यक्ष नेपाललको भनाई थियो ।
नेपालले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनमा वामगठबन्धन हुने हल्ला चलाईएपनि त्यो तत्काल सम्भव नरहेको समेत स्पष्ट पारे । उनले अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने धारणा राखे।
पूर्वप्रधानमन्त्री नेपालले भने, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मात्र होइन मलाई पनि प्रधानमन्त्रीको फर आइरहेको छ । तर म त्यस्तो लोभमा पर्दिनँ।’










