काठमाण्डौ, कार्तिक ११
टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा पहिलो पटक भारतलाई पाकिस्तानले हराएको हो, यसै खेलको विषयमा पाकिस्तानलाई समर्थन गरेको भन्दै उत्तर प्रदेशबाट तीनजना मुस्लिम विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका तीनै जना विद्यार्थी कस्मिरका रहेको बिबिसीले जनाएको छ।
गत साता भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो। पक्राउ परेका विद्यार्थीमाथि भारतविरोधी नारा लगाएको र पाकिस्तानको पक्षमा समर्थन गरेको आरोप लगाइएको छ।
ती विद्यार्थीले शत्रुता र साइबर आतङ्कवादलाई बढावा दिएको आरोप भारतीय प्रहरीको छ।
खेलपछि भारतीय टोलीमा रहेका एकमात्र मुस्लिम खेलाडी मोहम्मद सामीको समेत सामाजिक सन्जालमा ‘ट्रोल’ बनाइएको थियो। धार्मिक कारण भारतबाट कुनै समय छुटिएको पाकिस्तानले विश्वकपमा भारतलाई जितेको यो नै पहिलो रेकर्ड हो ।