काठमाण्डौ, कार्तिक १०
नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधव नेपालले गठबन्धनलाई आगामी चुनावसम्मै कायमै राखिने बताएका छन्।
राष्ट्रिय सभा सदस्यका लागि रिक्त पदमा हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्यका लागि हुने उपनिर्वाचन तथा अब हुने स्थानीय तह निर्वाचनमा अरू पार्टीसँग तालमेल गरिने उनले बताए।
सानो दलको रुपमा रहेको एकीकृत (समाजवादी)पार्टीले आगामी चुनावमा अन्य पार्टीहरूसँग चुनावी सहकार्य हुने समेत बताएका छन्।
तर पार्टीले तत्काल कसैसँग पनि एकता भने नगर्ने अध्यक्ष नेपालले बताए।
धनगढीमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले जनतामा स्थापित र लोकप्रिय नेतालाई मात्रै पार्टीले आगामी चुनावमा टिकट दिने बताएका छन्।
उनले सुदूरपश्चिमको जनताले आफुहरुलाई निकै बढि माया दिएको जिकिर गर्दै नेकपा (एकीकृत समाजवादी) ठूलो दल बनाउन सफल भएको पनि बताएका छन्।
साथै उनले उनले बागमती प्रदेशमा आज पार्टीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुने पनि बताएका छन्।