सर्वोच्च अदालतमा आज कुनै पनि सुनुवाइ नहुने कारण जान्नुहोस्

 

काठमाण्डौं, कार्तिक ११

सर्वोच्च अदालतमा बिहीबार कुनै पनि सुनुवाइ नहुने भएको छ । पूर्व न्यायाधीश भैरव प्रसाद लम्साल निधनको शोकमा सर्वोच्चमा बिहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको हो ।

पूर्व न्यायाधीश लम्सालको बिहिबार बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार आफ्नै एकल इजलासमा २८ वटा मु्द्दाको पेसी तोकेका थिए ।

बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दाको एक्लै भारी बोकेका हुन् ।

तर उनको इजलासमा पनि आज सुनुवाइ नहुने भएको छ ।