मालपोत सेवा अनुगमन डिजिटल माध्यममार्फत अब मन्त्री रावलको कार्यकक्षबाटै

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थाबारे आफ्नै कार्यकक्षबाट नियमित रूपमा डिजिटल माध्यममार्फत अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था मिलाएकी छन्।

मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने लगायतका गुनासाहरू बढ्दै गएपछि, सेवा प्रवाहको अवस्थाबारे तत्काल जानकारी लिन तथा समस्याहरूको समयमै समाधान सुनिश्चित गर्न उनले आफ्नै कार्यकक्षबाट प्रत्यक्ष रूपमा निरीक्षण गर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याएकी हुन्।

यसबाट सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।