काठमाण्डौं, कार्तिक ११
कार्तिक पहिलो हप्ता बझाङको थलारा गाउँपालिकामा पहिरोमा परि बेपत्ता भएका १९ जनाको सव अझै भेटिएको छैन, हाल करिव २ हप्ता हुनै लाग्दा पनी सव नभेटिदा अब भेटिने सम्भावना थप न्यून हुँदै गएको छ। बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली समेत रित्तो हात फिर्ता भएको हो ।
यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परि दुई परिवारका २३ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये चार जनाको मात्र शव फेला परेको छ।
दुई जनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो। आठ दिनसम्म लगातार खोजी गरे पनि शव नभेटिएपछि प्रहरीले खोजी कार्य बन्द गरेको छ।
घटना लगत्तै प्रहरी टोली हेलिकप्टरमा गएर खोजीकार्य अघि बढाएको थियो। प्रहरी नायव उपरीक्षक रूपक खड्काले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले प्रयास गरेपनि बेपत्ता व्यक्ति भेटाउन नसकेको बताए।
‘जिउँदै होलान भन्ने आशा त छैन तर शव समेत नभेटिदा स्थानीय थप चिन्तामा परेका हुन । अब भेटिने सम्भावना नदेखेर प्रहरी टोली फर्केको छ, आवश्यक प्रक्रिया पुर्याएर बेपत्ता सबैलाई मृत घोषणा गरिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।