काठमाडौं ,कार्तिक ११
शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् ।
निरन्तर रुपमा दुई दिन देखि ज्वरो आउने र निमोनियाका समेत लक्षण देखिएकोले उहाालाई अस्पताल भर्ना गरिएको उहाँको स्वकीय सचिव फुर्वा तामाङले जानकारि दिनुभएको छ ।
नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी मन्त्री झाँक्रीको स्वास्थ्य अवस्था अहिले भने खतरा मुक्त रहेको समेत तामाङले बताउनु भएको हो ।
मन्त्री झाक्रिँलाई समस्या आएपछि बुधबार साँझ नै वीर अस्पतालमा भर्ना गरिएको थियो ।
‘स्वाथ्यमा सुधार आएसंगै एक दुई दिनमै अस्पताल बाट डिस्चार्ज भएर नियमित काममा फर्किने मन्त्रीका स्वकीय सचिवले जानकारी दिनुभएको हो ।