जापानमा बाढी पीडितको सहयोगार्थ विशेष तीज कार्यक्रम, सम्झना, सिता र रविनको दमदार प्रस्तुति रहने

केपि कुमार जलन /

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको सहयोगार्थ जापानमा विशेष तीज कार्यक्रम आयोजना हुने भएको छ।
नेपाली कला, संस्कृति र आपसी सद्भावलाई प्रवर्द्धन गर्दै विपद्मा परेका नेपाली नागरिकलाई सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा चर्चित नेपाली कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रममा लोकप्रिय गायिका सम्झना लामिछाने मगर, गायिका सिता परियार तथा गायक रविन लामिछाने लगायत कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। नेपाली गीत–संगीतमा रमाउँदै जापानमा रहेका नेपाली समुदायले तीजको खुसी आपसमा साटासाट गर्ने अवसरसमेत कार्यक्रममा प्राप्त गर्नेछन्।

नेपालमा आएको बाढी तथा पहिरोका कारण प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि आयोजना गरिएको यस मानवीय अभियानमा जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई सक्रिय सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ।
कार्यक्रम सेप्टेम्बर ९, २०२६ बुधबार साँझ ६ बजेदेखि Dhungedhara Party Palace & Bar मा आयोजना हुनेछ। उक्त स्थान Minami Gyotoku Station को South Exit बाट करिब एक मिनेट पैदल दूरीमा रहेको छ।
कार्यक्रममा प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ।