अव्यवस्थित वसोवास व्यवस्थापन संघर्ष समितिले भेटे राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति:वास्तोलालाई

दमौली : काठमाण्डौ,पोखरा लगाएतका नदी किनाराका सार्वजनिक स्थानका वस्ती हटाउन थाले पछि तनहुँका अधिकांश अव्यवस्थित बसोबासीहरुमा पनि आतंकित फैलिएको छ । तनहुँको व्यास नगरपालिका वडा नंम्बर ३ देउरालीनगर “विसघरेको जग्गामा बनेका घर के होला भन्ने” शिर्षकमा समाचार स्थानीय अनलाईनहरुमा आए पछि देउरालीनगर अव्यवस्थित वसोवास व्यवस्थापन संघर्ष समितिले राष्ट्रिय स्वतन्त्र पार्टिका जिल्ला सभापति विश्व वास्तोलाई भेटेका छन् । संघर्ष समितिका अध्यक्ष नेत्र बहादुर रानाभाट, सचिव श्रीकुमार श्रेष्ठ, पुल्चोकटोल विकास संस्थाका अध्यक्ष भानुकुमार श्रेष्ठ र सचिव देव गजमेरले भेटेका थिए ।

संघर्ष समितिले आफुहरु संघ भएको सम्पुर्ण कागजात सहित सभापति वास्तोलालाई भेट्न गएका थिए । सम्पुर्ण कागजात अध्यन पछि सभापति वास्तोलाले देउरालीनगर अव्यवस्थित वसोवास व्यवस्थापन संघर्ष समितिलाई “त्यस ठाउको जग्गा र अन्तको जग्गा अलि फरक प्रक्रितिको भएकोले पनि अहिले नै डोजर आउने विषयमा नआत्तिन आग्रह गरेका थिए ।

भेटमा संघर्ष समितिले एक पटक अर्थमन्त्री डा. स्वार्णिम वाग्लेलाई भेट्ने प्रस्ताव पनि राख्दै गर्दा सभापति वास्तोलाले मन्त्री ज्यूलाई जेठ १५ भन्दा यता भेट्न नसकिने र त्यस्तै परिस्थिति परेमा भेट्ने वातावरण आफुले बर्नाइ दिने पनि आश्वासन दिएका थिए ।